२४ घण्टामा देशैभर ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि

उपत्यकामा मात्रै १ हजार ४६८

  सरलपाटी सम्वाददाता

 268 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशैभर तीन हजार एक सय १४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण भएको हो ।

त्यस्तै २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार चार सय ६८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । त्यस्तै काठमाण्डौमा १० हजार आठ सय ३० जना, भक्तपुरमा एक हजार सात सय ३० जना र ललितपुरमा दुई हजार एक सय ९६ जना होम आइसोलेशनमा छन् ।

यसैगरी मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेको छ ।

अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् । त्यस्तै २४ घण्टामा २० जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार