नालीमा सेफ्टी टेड्ढी बगाउने पाँच घर कार्वाहीमा

इलाम नगरपालिको कार्वाही

  सरलपाटी संवाददाता

 551 पटक हेरिएको

इलाम  । इलाम नगरपालिका सातमा निर्माणधिन सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने पाँच घरलार्ई नगरपालिकाले कार्वाहीगर्ने भएको छ । निर्माणधिन सिटिमार्टको माथिल्लो पटिको नालीमा सेफ्टी टेड्ढी बगाएको पाएपछि नगरपालिकाले कार्वाही गर्ने भएको हो । कार्वाही हुनेमा इलाम नगरपालिका सातका धनमान बराईली,दुर्गा श्रेष्ठ मदन,कल्याण खाकी,इश्वर चिपालु र राजेन्द्र श्रेष्ठ रहेको इलाम नगरपालिकाले जनाएको छ । उनीहरुको घरमा भएको सेफ्टी टेड्ढीदेखि पाईप जडान गरेर नालिमा लगाएको पाएपछि कार्वाही गर्ने भएको हो । गरपालिकाले अनुसूची १६ को ऐनको दफा १७ अन्र्तगर्त सार्वजनिक नाली तथा ढलमा जथाभावी सेफ्टी टेड्ढीको मल बगाएमा वा जथा भावी फोहोर मैला थुपारेमा फोहोर मैला विधेयक व्यवस्थापन विधेयक , नियमावली अनुसार पहिलो पटकलाई एक हजार रुपैयाँका दरले र दोस्रो पटकदेखि पटकै पिच्छे दुई हजार रुपैयाँका दरले जरीवाना गरिने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत राम शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार