आज प्रदेश १ मा ३३२ कोरोना संक्रमित थपिए

४६५ जना डिस्चार्ज भए

  सरलपाटी सम्वाददाता

 223 पटक हेरिएको

इलाम । प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १३२ महिला र २०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा रहेका जिल्लामध्ये सबै भन्दा धेरै मोरङमा १४४ जना रहेका छन् । यस्तै, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको जम्मा संख्या १३ हजार ९८८ पुगेको छ । यस्तै आज नै ४६५ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएकामा होम आईसोलेसनबाट ४५५, विराट मेडिकल कलेजबाट ७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या ६ हजार ३९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३२ महिला र २०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४७ हजार ९९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार