काठमाडौं । नेपालमा आज थप ३ हजार १६७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा १८०० जना डिस्चार्ज भएका छन् ।