शनिबार प्रदेश १ मा थपिए ४८१ संक्रमित

पाँच जनाको मृत्यु

  सरलपाटी सम्वाददाता

 282 पटक हेरिएको

इलाम । प्रदेश १ मा शनिबार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै भन्दा बढी मोरङमा १९५ मा संक्रमण पुष्टि भएको हो ।

यस्तै सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टाको समयवधिमा पाँच जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा झापामा ३, मोरङ र सुनसरीमा १–१ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै मृत्यु हुनेको जम्मा संख्या १२९ पुगेका छन् । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार