इलाम । प्रदेश १ मा आज ४६८ कोरोना संक्रमित थपिएका छन् । सबै भन्दा बढी मोरङ्गमा २०७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ । यसै गरी आज २२१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट २०९ र न्युरो अस्पतालबाट १२ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
हालसम्म १ लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।