इलाम । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सुनसरीमा सबै भन्दा बढी ३४४ जना रहेका छन् ।
त्यस्तै, मोरङ्गमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ११ हजार १७० पुगेको छ । डिस्चार्ज भने १९ जना भएका छन् ।
मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४–४, धाईजन आईसोलेसन केन्द्रबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् ।
हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
हालसम्म प्रदेश १ मा १ लाख ३९ हजार ९२८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।