इलाम । प्रदेश १ मा आज ४५२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये मोरङ्गमा सबै भन्दा बढी २४२ जना संक्रमित थपिएका छन् ।
यस्तै, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिर जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ७५१ पुगेको छ । यस्तै प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । जसमा होम आईसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट २ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८५५ पुगेका छन् । प्रदेश १ मा आज १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १ लाख ३८ हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।