इलाम । ६५ औं प्रहरी दिवसको अवसरमा सोमबार इलामको सिंहबाहिनी मन्दिर इलाम परिसर सरसफाई गरिएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय इलामले सरसफाई गरेको हो ।
जिल्ला प्रहरी कार्यलय इलामका अनुसार, यस वर्षको प्रहरी दिवस आउदो असोज ३० गते मनाइने भएको छ । यसैको अवसरमा इलाम नगरपालिका ९ इलाममा रहेको मन्दिरमा जिल्लाका प्रहरी जवानका टोलीले सरसफाई गरेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।