यो दशैँमा नयाँ नोट सटही नगरिने

कोरोना कहर

  सरलपाटी सम्वाददाता

 368 पटक हेरिएको

काठमाण्डौ । यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो ।

नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार