एकै दिन पाँच हजार बढीमा कोरोना सङ्क्रमण

एक लाख पाँच हजार छ सय ८४ पुग्यो

  सरलपाटी सम्वाददाता

 354 पटक हेरिएको

काठमाण्डौ । गएको २४ घण्टामा देशभर पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।१९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या एक लाख पाँच हजार छ सय ८४ पुगेको छ ।यस्तै गएको २४ घण्टामा १२ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ ।

अब नेपालमा ३० हजार आठ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या छ सय १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार