
इलाम । इलामका ३३ जना क्रियाशील पत्रकारको रिपोर्ट नेगेटिभ आएको छ । गएको मंगलबार स्वाब संकलन गरी परीक्षणका लागि झापा पठाइएका सबै पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष सुजन तिमल्सिनालाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएपछि उनको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा इलामका पत्रकारहरुको स्वाब संकलन गरिएको थियो ।
इलाम अस्पताल कोभिड–१९ अस्पताल लेभल १ मा स्वाब संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको इलामका कोभिड–१९ फोकल पर्सन कुल बहादुर पौड्यालले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएपछि पत्रकारहरु त्रास मुक्त भएका छन् ।


299 पटक हेरिएको 






