प्रदेश १ मा अहिलेसम्मकै उच्च संक्रमित नयाँ संक्रमित ४८५ जना

कुल संक्रमितको संख्या ९ हजार ३४१

  सरलपाटी सम्वाददाता

 245 पटक हेरिएको

इलाम । प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सबैभन्दा बढी मोरङ्गमा थपिएका छन् ।

जसमा २३० जना थपिएका छन् । यस्तै सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, ते¥हथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, आज थपिएकासँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ९ हजार ३४१ पुगेको छ ।

आज नै उपचारपछि भने ११३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म ४ हजार ७७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २ हजार ४४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला ३३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३४ हजार ७७३ जनाको परीक्षण गरीएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार