इलाम । प्रदेश १ मा आज ४११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो ।
जसमा मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, आज थपिएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ८५७ पुगेको छ ।
यस्तै प्रदेश १ बाट ४५८ जना डिस्चार्ज भएका छन् । जसमा होम आईसोलेसनबाट ४२१, जिल्ला अस्पताल संखुवासभामा २१, विरा मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका हुन् । हालसम्म ४ हजार ६६२ जना डिस्चार्ज भएका छन् ।
हालसम्म प्रदेश नम्बर १ का १ लाख ३२ हजार ३३१ ज्नाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।