प्रदेश १ मा ३४३ मा संक्रमण पुष्टि 

हालसम्मकै उच्च

  सरलपाटी सम्वाददाता

 242 पटक हेरिएको

इलाम । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा सबै भन्दा बढी मोरङमा पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङ्गमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, आज थपिएका संख्यासँगै प्रदेश १ मा कोरोना संक्रमितको जम्मा संख्या ८ हजार ४४७ पुगेको छ ।

यस्तै आज नै प्रदेश १ बाट १० जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार १३२ पुगेका छन् ।

प्रदेश १ मा हालसम्म १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार