सबै प्रकारका परीक्षा सञ्चालन गर्न अनुमति

परीक्षा हुने

  सरलपाटी सम्वाददाता

 390 पटक हेरिएको

 

काठमाण्डौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षा सम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जना भन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए ।

सरकारले यस अघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार