इलाम । प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
सबै भन्दा बढी मोरङ्गमा २१० जना रहेका छन् भने सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको जम्मा संख्या ८ हजार १०५ पुगेको छ । डिस्चार्ज भने ३२ जना भएका छन् ।
डिस्चार्ज हुनेहरुमा जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या ४ हजार १२२ पुगेको छ ।