इलाम । इलामका ३३ जना क्रियाशिल पत्रकारहरुको मंगलबार स्वाब संकलन गरिएको छ । पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष सुजन तिमल्सिनालाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ भएको पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ्गमा परेकाहरुको स्वाब संकलन गरिएको हो ।
स्वाब संकलन गरिएका पत्रकारहरु विभिन्न सञ्चार माध्यममा आबद्ध छन् । यो समाचार तयार पार्दासम्म जम्मा ४३ जनाको स्वाब संकलन गरिएको इलाम कोभिड–१९ फोकल पर्सन कुल बहादुर पौड्यालले जानकारी दिए ।
अन्य पालिकामा रहेर क्रियाशिल रहेका बाँकी पत्रकारको भने हिजो (सोमबार) नै सुर्योदय नगरपालिका फिक्कलमा स्वाब संकलन गरिएको छ ।