२४ घण्टामा २ हजार ४४० सङ्क्रमित थपिए

१ हजार १३३ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 226 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८९ हजार दुई सय ६३ पुगेको छ । गएको २४ घण्टामा दुई हजार चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो १३ हजार सात सय ८१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ४० जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार एक सय ३३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६५ हजार दुई सय दुई पुगेको छ ।

अब नेपालमा २३ हजार पाँच सय सात जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ३३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १९जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार