इलाम । प्रदेश १ मा आज १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबै भन्दा बढी सुनसरीमा पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जहाँ आज १०५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको हालसम्मको संख्या ७ हजार ७७५ पुगेको छ । हालसम्म १ लाख २८ हजार १४८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।