प्रदेश १ मा आइतबार १७९ जना नयाँ संक्रमित थपिए

३६३ भए डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 366 पटक हेरिएको

इलाम । प्रदेश १ मा आइतबार थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश बाहिरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार,आज थप भएकासँग हालसम्म जम्मा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।

यस्तै आज नै ३६३ जना डिस्चार्ज भएका छन् । जसमा होम आइसोलेशनबाट ३४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, मेची अस्पतालबाट ७, विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ । अहिलेसम्म कुल १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार