इलाम ।
इलाम नगरपालिकाको आइतवार बसेको विषेश नगर सभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास गरेको छ । पाँच करोड रुपैयाँ भन्दा वढीका योजना सञ्चालन गर्दा वातावरण सँग सम्बन्धीत रहेर सञ्चालन गर्नुपर्ने भए सँगै विषेश नगरसभाले ऐन पास गरेको हो । वडा नम्बर ४ का अध्यक्ष तथा वातावरण तथा सरसफाई समितिका संयोजक नुतनदेव दुलालले नगरसभामा प्रस्ताव पेस गरेका थिए । दुलालले प्रताव सभामा पेस गरेपछि सभाले छलफल गरी वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास गरेको थियो ।
पाँच करोड रुपैयाँ भन्दा बढरु लागतका कुनैपनि योजना सञ्चालन गर्दा (क्ष्भ्भ्) प्ररम्भिक वातावरणीय परिक्षा गर्नुपर्ने भएको हुँदा विषेश नगर सभावाट ऐन पास गरेको वडा नम्वर पाँचका वडाध्यक्ष तथा नगर प्रवक्त ठाकुर नारारण श्रेष्ठले बताए । उनले भने ‘यो भन्दा अघि केन्द्रवाटनै काम हुन्थ्यो तर अव योकाम स्थानीय सरकारले गर्नुपर्ने भएसँगै ऐन बनाएको बताए ।’ ‘खानेपानी,सिञ्चाई,सडक,पर्यटन लगाएतका योजना सञ्चालन गर्दा वातावरणको ख्याल गर्नुपर्ने भएको हुँदा योजना सञ्चालनमा सहजहोस भनेर ऐन बनाएका हौँ ।’