नेपालमा २१२० जना नयाँ सङ्क्रमित थपिए

२०४४ जना निको

  सरलपाटी सम्वाददाता

 245 पटक हेरिएको

काठमाण्डौ । बितेको २४ घण्टामा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१२ हजार नौ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ हजार पाँच सय ७० जना पुगेको छ । आज काठमाण्डौ उपत्यकामा मात्रै एक हजार एक सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ । अब नेपालमा २१ हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार