प्रदेश १ मा शनिबार दुई सय नयाँ कोरोना संक्रमित थपिए

२८७ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 257 पटक हेरिएको

इलाम । प्रदेश १ मा शनिबार दुई सय ५५ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा सबै भन्दा धेरै संक्रमित सुनसरीका रहेका छन् । जहाँ एकै दिन एक सय २२ जना संक्रमित थपिएका छन् ।

यस्तै मोरङमा एक सय दुई थपिएका छन् । झापामा छ, उदयपुरमा पाँच, खोटाङमा चार, संखुवासभा र ओखलढुङ्गामा तीन–तीन, धनकुटामा एक र प्रदेश १ बाहिरका नौ जना रहेका छन् ।

मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको जम्मा संख्या सात हजार चार सय ३२ पुगेको छ । यसैगरी दुई सय ८७ जना डिस्चार्ज भएका छन् ।

जसमा होमआईसोलेसनबाट दुई सय ६३, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट नौ–नौ, गढी आईसोलेसन केन्द्रबाट पाँच र होटल एशियाटिकबाट एक जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार सात सय २५ पुगेका छन् । हालसम्म एक लाख २६ हजार आठ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार