इलाम । इलाम नगरपालिकाको वस्पार्कमा रहेको क्वारेन्टाईन अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ । कोरोना संक्रमण फैलन नियन्त्रण गर्नका लागि बनाइएको क्वारेन्टाईन अर्को निर्णय नभएसम्म असोज १५ गते देखि बन्द गर्ने निर्णय गरिएको हो ।
दुई दिन अघि क्वारेन्टाईनमा भएको १९ जनाको रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाईनमा पाँच जना रहेका छन् । पाँच जना वाहिरी देशबाट आएका र उनीहले आफू आएको देशमा श्वाब परीक्षण गरेरै आएको कारण क्वारेन्टाईन खालि हुने भएपछि बन्द गर्ने निर्णय भएको हो ।
उनीहरुको यहाँ आएपछिको रिपोर्ट आएपछि मात्र उनीहरुलाई विदा दिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल क्वारेन्टाईनमा रहेकाहरुको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा लैजाने र नेगेटिभ भए घर पठाउने तयारीमा रहेको स्वास्थ्य शाखाको भनाई छ ।
हाल सञ्चालनमा रहेको क्वारेन्टाईन बन्द भएसँगै विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्नु पर्ने भए इलाम नगरपालिकाले लागू गरेको होम क्वारेन्टाइन र आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।
होम क्वारेन्टाईनमा बस्नु पर्ने व्यक्तिले नगरपालिकाले तोकोको मापदण्ड पालना गर्नु पर्ने र सम्बन्धित वडा कार्यालयबाट निगरानी गर्ने निर्णय गरेको छ ।