प्रदेश १ मा १५७ संक्रमित थपिए

४ जनाको मृत्यु

  सरलपाटी सम्वाददाता

 264 पटक हेरिएको

इलाम । प्रदेश १ मा आज १ सय ५७ कोरोना संक्रमित थपिएका छन् । सबै भन्दा बढी मोरङका १०२ मा संक्रमण पुष्टि भएको छ । यस्तै सुनसरीका ४०, झापाका ९, उदयपुर र ओखलढुङ्गाका १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार, आज थप भएकासँगै जम्मा संक्रमितको संख्या ६ हजार सात सय ९८ पुगेको छ । डिस्चार्ज भने ५३ जना भएका छन् ।

जसमा होम आईसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट ५–५ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।

यस्तै आजकै दिन ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ७१ पुगेको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् ।

हालसम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार