काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७६ हजार दुई सय ५८ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार आठ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय १३ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा सात सय ३१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार तीन सय ७१ जना पुगेको छ ।
अब नेपालमा २० हजार तीन सय ९६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार सात सय ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।