प्रदेश १ मा एक सय २२ मा कोरोना संक्रमण पुष्टि

तीन जनाको मृत्यु

  सरलपाटी सम्वाददाता

 234 पटक हेरिएको

इलाम । प्रदेश १ मा एक सय २२ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा मोरङका ८६, सुनसरीका १९, झापाका ८, ते¥हथुमका २, भोजपुर, उदयपुर र इलामका १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको जम्मा संख्या ६ हजार छ सय ४१ पुगेको छ । प्रदेश १ मा आज ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको हो । हालसम्म ६७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै उपचारपछि १ सय ६६ जना आज नै डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना रहेका छन् ।

योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ । अहिलेसम्म प्रदेश १ का १ लाख २२ हजार सात सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार