कोरोना संक्रमण : इनपाका १९ जनाको रिपोर्ट नेगेटिभ

पालिका भित्र संक्रमण नियन्त्रणमा

  भगीरथ भण्डारी

 295 पटक हेरिएको

इलाम । इलाम नगरपालिकाका १९ जनाको कोरोना संक्रमण रिपोट नेगेटिभ आएको छ । असोज १२ (आज) आएको रिपोर्टमा १९ जनाको श्वाव संकलन असोज नौ मा गरिएको थियो । एक जनामा भने रिर्पोट पोजेटिभ आएको बताइएको छ ।

उनीहरु सबै विदेशबाट आएर क्वारेन्टाईनमा बसेको स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलको भनाई छ । जसमा १७ जना भारतबाट र दुई जना कुवेदबाट आएका हुन्। योसँगै अव इनपाको नयाँ बसपार्क स्थीत क्वारेन्टाईनमा ३ जना मात्र रहेका छन् । तीन जना असोज ११ गते साउदीअरव, मलेसिया र कतार बाट आएका हुन् । उनीहरुको श्वाव संकलन केहिदिनपछि हुने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

इलाम नगरपालिकामा मात्र ५७ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिले सबै उपचारपछि डिस्चार्ज भएका छन् । देशमा कोरोना संत्रमणको संख्यामा वृदि भईरहे पनि इलाममा निको हुनेको सँख्या बढेकाले कोरोना संक्रमण नियन्त्रणमा रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

उनले भने ‘कोरोनालाई आतङ्कको रुपमा लिएर जनजीवन प्रभावित बनाई रहेको छ ।, यसलाई आतङ्कको रुपमा हैन अवसरको रुपमा लिएर अघि बढ्न नगरबासीलाई उनको अनुरोध छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार