प्रदेश १ मा ८३ मा कोरोना संक्रमण पुष्टि

कुल संक्रमित ६ हजार पाँच सय १९ पुग्यो

  सरलपाटी सम्वाददाता

 238 पटक हेरिएको

इलाम । प्रदेश १ मा ८३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । सोमबार थपिएका संक्रमितसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार पाँच सय १९ पुगेका छन् ।

संक्रमितमा सबै भन्दा बढी सुनसरीमा ३६ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको हो ।

सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु समेत भएको छ । कोरोना संक्रमणबाट विराटनगर र धरानमा एक–एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यस्तै आज उपचाररत संक्रमित मध्ये ४४ जना उपचारपछि डिस्चार्ज भएका छन् । जसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाइजन आइसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् ।

हालसम्म २ हजार ८६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार