इलाम । २०७६ साल फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना भए । प्रधानमन्त्री ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण थियो ।
आफ्नो मृगौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनको पहिलो पटकको उपचार नेपालमा नभएपनि दोस्रो पटकको उपचार भने नेपालमा नै भएको थियो । दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अहिले कुनै समस्या छैन । तर मृगौला रोगले पिडित आफ्नैै देशका गरीव जनता उपचारको लागि सहयोग पाए उपचार गर्ने नपाए रोगकै कारण अकालमा ज्यान फाल्न बाध्य छन् ।
इलामको माईजोगमाई गाउँपालिका–२ जोगमाईका लोकबहादुर थामी मृगौला रोगबाट थलिएका छन् । उपचारका लागि खर्चअभाव भएपछि अहिले उनका बाबु जगतबहादुर थामी सहयोगको अपिल गरेका छन् । घरमा भएको जिन्सी र सरसापटबाट सामान्य उपचारमा ३ लाख भन्दा बढी सकियो ।
यो भन्दा माथि गर्ने मेरो क्षमता आपूसँग नभएको भन्दै लोकबहादुरलेसहयोगी दाताहरुको आशमा दिन कटाईरहेका छन । डायलोसिस र मृगौला प्रत्यारोपणको लागि लोकबहादुरको उपचारमा १५ लाख रुपैया लाग्ने भएको छ । लोकबहादुरको उपचारमा सहयोग गर्न चाहनेहरुले कुषि बिकास बैक लिमिटेटको खाता नम्बर ०६०१०००७१५१००१३ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।
त्यस्तै सूर्याेदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेका छन् । दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले २२ लाख रुपैयाँ खर्च लाग्ने र आर्थिक अवस्था कमजोर भएका चापागाईंले एक वर्षदेखि उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग मागेका छन् ।
आफ्नो जेथो सबै सकेर पनि मृगौला फेर्न नसकेको र प्रत्येक साता डाइाइसिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको हुँदा सहयोगको अपेक्षा गरेका हुन । सम्पत्तिका नाममा कन्याममा आफ्नो अंशमा परेको डेढ रोपनी जग्गामात्रै भएको र त्यो पनि बेचेर खर्च गर्दासमेत सबै रकम सकिएर जीवन–मरणको दोसाँधमा आइपुगेको चापागाईंको गुनासो छ । उनको उपचारका लागि सहयोग रकम संकलन गर्न ग्लोबल आईएमई बैंकमा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खाता खोलिएको छ ।
इलाम नगरपालिकाका तीन बर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बच्चाको उपचार खर्च अभाव भएको हो । बच्चाका बावु गोपालका श्रेष्ठका अनुसार एकपटकको किमो थेरापीमै करीव ४० हजार खर्च लाग्छ । त्यसपछि शल्यक्रिया गर्न समेत १२ लाख हाराहारीमा रकम लाग्ने अस्पतालले जनाएको छ । बच्चा बचाउनका लागि सबै पक्षबाट सहयोग गर्दिनका लागि परिवारले सबैलाई आग्रह समेत गरेको छ । सहयोगका लागि एनआइसी एसियाको खाता नं. २७८५७५०८८६०९७००१ मा रकम पठाइदिनु आग्रह गरिएको छ ।
त्यस्तै सूर्योदय नगरपालिका १० की अञ्जलि तामाङको मृगौलाले काम नगरेपछि छटपटिएकि छिन ।डाक्टरले एकवर्ष अघिनै मृगौलाले काम नदिएको भनेर भने पनि आर्थिक अभावका कारण अहिले सम्म उपचार गर्न सकेका छैनन । उनको उपचारका लागि बुबा टिकाराम तामाङले छोरीको ज्यान बचाईदिन आग्रह गरेका छन । कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आग्रह गरेका हुन ।
यी त प्रतिनिधि पात्र मात्रै हुन । कडारोग लागेका जो कोहि विरामीले सहयोग जुटोभने उपचार पाउँछन नत्र छटपटाउँदै मृत्यू सँग जुध्नको विकल्पनै छैन । स्वास्थ्य कार्यालय इलामकाा प्रमुख वृजकुमार दास भन्छन त्यस्ता विरामिको उपचारमा खर्च बढिलाग्ने भएको हुँदा आफ्नो जायजेथोले थाम्दैन त्यसैले सहयोगमाग्न बाध्य हुन्छन ।
इलाममा मृगौला रोगि ४३ जना रहेको तथ्याङ्क छ । मृगौला रोगि ४३ जना रहेका छन । त्यसमा पूरुष २९ र महिला १४ जना रहेका छन । त्यसै गरी मुटु सम्बन्धी ४८ जना विरामि रहेका छन । जसमा पूरुष २८ र महिला २० जना रहेका छन । जिल्लामा ७७ जना क्यान्सर रोगि रहेका छन जसमा महिला ४४ र पूरुष ३३ जना रहेका छन ।
इलाम नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलका अनुसार इनपा भित्र मुटुरोगका १९ जना मध्ये ७ महिला र १२ पूरुष रहेका छन । क्यान्सरका १४ महिला र १० पुरुष गरी २४ जना विरामी छन भने १० पूरुष र ४ महिला गरी १४ जना मृगौला रोगका विरामी छन । त्यसरीनै न्यूरोजिकल डिफेन्ड र स्पाईनल इन्जुरीका एक एक जना महिला र पूरुष रहेका छन । माई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेलका अनुसार माई नपामा मृगौलाका ३ पूरुष, मुटुका २ पूरुष र ३ महिला गरी ५ जना, क्यान्सरका ३ पूरुष र १ महिला गरी ४ जना, मुटु र मृगौला दुवै रोगको १ पूरुष गरि जम्मा १२ जना रहेका छन ।
त्यस्तै देउमाई नगरपालिका स्वास्थ्य शाखा प्रमुख लेखनाथ लामाङका अनुसार मृगौला रोगका ५ महिला र ३ पूरुष, मुटु रोगका दुई महिला र दुई जना पुरुष, क्यान्सर रोगका ३ महिला र २ पुरुष गरि ५ जना रहेका छन । सूयोदय नगर स्वास्थ्य हाखा प्रमुख डा. धनराज यादवका अनुसार क्यान्सरका महिला ८ र पूरुष आठ जना, मुटु रोगका ५ महिला २ पुरुष, मृगौलाका २ पूरुष, हेड स्न्जुरी र स्पाईनल इन्जुरकिा एक महिला र एक पुरुष गरि जम्मा २७ जना रहेका छन ।
फाकफोक थुम गापामा मृगौलाका २ पूरुष, मुटुका २ महिला क्यान्सर रोगको एक महिला र हेड इन्जुरीको एक पुरुष रहेको स्वास्थ्य हाखा प्रमुख यम बहादुर बस्नेतले बताए ।
त्यस्तै रोङ गाउँपालिकामा क्यान्सर रोगका पाँच पाँच जना, मृगौलाका एक एक जना महिला र पूरुष र रहेको स्वास्थ्य शाखा प्रमुख नेत्र पोख्रेलले बताए । सन्दकपुर गापा स्वास्थ्य शाखा प्रमुख मनोज धुरझारका अनुसार क्यान्सरका पूरुष ४ र महिला १ जना, मुटुका २ पुरुष र मृगौलाका एक पूरुष गरी ८ जना रहेका छन ।
त्यस्तै चुलाचुली गाउँपालिकामा मुटु र मृगौला रोगका पूरुष ४ र महिला ४ जना, क्यान्सरका एक पूरुष र ९ महिला, हेड इन्जुरीका २ महिला गरी जम्मा २० जना रहेको स्वास्थ्य शाखा प्रमुख दुशयन्त दाहालले बताए । यसैगरी माङ्सेबुङ गाउँपालिकामा मृगौलाका दुई दुई जना महिला र पूरुष, क्यान्सरका एक महिला र हेड इन्जुरीको एक पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख प्रदिप राईले जानकारी दिए ।
माईजोगमाई गाउँपालिकामा मृगौलाका ३ पूरुष, मुटुका एक महिला र ४ पुरुष, क्यान्सरका २ पुरुष, अल्जाईमरको एक पुरुष,हार्किप डिजिजको दुई पुरुष र डाईलोसिसको एक महिला गरि जम्मा १४ जना रहेको स्वास्थ्य शाखा प्रमुख राम शंखर देवले जानकारी दिए ।
सरकारले विपन्न नागरिकको उपचारका लागि मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कलसेल एनेमिया जस्ता कडा रोगको उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ । उपचार सहुलियत मिर्गौला बाहेक अन्य रोगका लागि एक लाख रुपैयाँ छ भने मिर्गौलामा प्रत्यारोपणमा दुई लाख र त्यसपछिको औषधि खान भन्दै थप एक लाख रुपैयाँ समेत प्रदान गरेको छ ।
सरकारले मिर्गौला डायलासिस भने निशुल्क गरेको छ । सरकारले केहि सहुलियत दिएपनि विरामिको उपचारका लागि सहयोग विना उपचार असम्भव भएको देखिन्छ ।