इलाम । प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश मै सबै भन्दा धेरै मोरङमा ४१ जना रहेका छन् । यस्तै सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज थपिएका संख्यासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको छ । प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् ।
जसमा कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आईसोलेसन केन्द्रबाट ८, होम आईसोलेसनबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ । प्रदेश १ मा हालसम्म १ लाख १९ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।