प्रदेश १ मा ११४ कोरोना संक्रमित थपिए

जम्मा संख्या ६ हजार ६४ पुग्यो

  सरलपाटी सम्वाददाता

 275 पटक हेरिएको

इलाम । प्रदेश १ मा बिहीबार १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा मोरङ्गका ८६ जना छन् । यो संख्या सबै भन्दा बढी हो ।

यस्तै सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेश १ मा आज थपिएको संख्यासँगै कोरोना संक्रमितको जम्मा संख्या ६ हजार ६४ पुगेको छ ।

प्रदेश १ मा आज ७ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार