थपिए कोरोनाका १४९७ सङ्क्रमित

१७ जनाको ज्यान गएको पुष्टि

  सरलपाटी सम्वाददाता

 276 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६९ हजार तीन सय एक पुगेको छ । गएको २४ घण्टामा एक हजार चार सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ११ हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ९७ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा चार सय ५७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५० हजार चार सय ११ जना पुगेको छ ।

अब नेपालमा १८ हजार चार सय ३७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार