काठमाडौं । नेपालमा आज थप १ हजार १७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६७ हजार ८०४ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८९३ जना डिस्चार्ज भएका छन् ।