प्रदेश १ का ९१ जनामा कोरोना संक्रमण पुष्टि

२७ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 356 पटक हेरिएको

इलाम । प्रदेश १ का ९१ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबै भन्दा धेरै मोरङ्गमा ४२ जना थपिएका छन् । यस्तै सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ५ हजार नौ सय ५० पुगेको छ । डिस्चार्ज भने २७ जना भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, कालि सदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल, गोठगाउँबाट १/१ जना डिस्चार्ज भएका छन् ।

योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार छ सय १९ पुगेको छ । प्रदेश १ मा आज ८ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार