पहिलो पटक १२ चिया उद्योगलाई ‘अर्थोडक्स चियाको ट्रेडमार्क’ प्रदान

चिया उद्योगलाई राहात

  सरलपाटी सम्वाददाता

 449 पटक हेरिएको

इलाम । सरकारले पहिलो पटक बाह्रवटा चिया उद्योलाई चियाको सामुहिक ट्रेड मार्क प्रदान गरेको छ । मंगलबार चिया तथा कफि विकास बोर्डले इलामको सूर्योदय नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी इलामका नौ संखुवासभाको एक र तेह्रथुको दुईवटा चिया उद्योगलाई नेपाली अर्थोडक्स चिया ट्रेडमार्क प्रदान गरेको हो । कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले ट्रेडमार्क हस्तान्तरण गरेका थिए ।

बोर्डले चियाको सामुहिक ट्रेडमार्क प्रयोगको लागि आवेदन खुलाउँदा ४२ चिया उद्योगले आवेदन पेश गरेका थिए । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशीकामा उल्लेख गरिएको सूचक पुरा गरेका १२ उद्योगलाई ट्रेडमार्क प्रदान गरिएको हो ।

ट्रेडमार्क पाउनेमा सन्दकपुर टि प्रोसेसर प्रालि, हिमालयन साँग्रिला टि प्रोडुसर प्रालि, जस्बिरे टि प्रशोधन उद्योग, गोर्खा टि स्टेट प्रालि, नेपाल ग्रीन टि एण्ड स्पेस्यालिटि, ओइसिस टि एण्ड इन्ड्रस्टि, तारागाउँ टि स्टेल प्रालि, खाजेखुङ्ग हिलरेन्च चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादनक चिया सहरकारी संस्था गरेर नौ उद्योगलाई ट्रेडमार्क प्रदान गरिएको हो ।

त्यस्तै संखुवासभाको सगरमाथा टि स्टेट प्रालि र तेह्रथुको बोक्रेडाँडा अग्र्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग र सिहदेवी चिया उत्पादक सहकारी संस्थालाई टे«डमार्क प्रदान गरिएको हो । ट्रेडमार्क प्रयोगको अनुमति पाएका उद्योगले आफ्नो उत्पादित तयारी चियामा ट्रेडमार्क प्रयोग गर्न पाउनेछन् । करिब एकसय ५० बर्षको चियाको इतिहासमा पहिलो पटक ट्रेडमार्क प्रदान गरिएको हो ।

पहिलो पटक आवेदन भरेका तर ट्रेडमार्क नपाएका उद्योगहरुलाई निर्देशीकाको सूचक पुरा गर्नका लागि बोर्डले समय दिएको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले जानकारी दिए । ‘नयाँ उद्योगहरुलाई यो टे«डमार्क पाउनको लागि छिट्टै आवेदन खुलाउँछौ’, कार्यकारी निर्देशक भट्टराईले भने,‘यसले चियाको बजारिकरणमा भएको समस्या समाधान गर्छ ।’

बोर्डले सामुहिक रुपमा प्रदान गरेको ट्रेडमार्कले नेपाली अर्थोडक्स चियाको न्वारन भएको उनको प्रतिकृया छ । ‘बिना नामको बस्तुको बजार प्रोमेसन हुँदैन’, भट्टराइले भने,‘अर्थोडक्स चियाको ट्रेडमार्कले बजारिकरणमा सहयोग पुग्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार