सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 235 पटक हेरिएको

इलाम । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ७ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।

यस्तै चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार