२४ घण्टामा १३५६ जनामा कोरोना सङ्क्रमण

अहिलेसम्म ४८ हजार भन्दा धेरै डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 244 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६६ हजार ६ सय ३२ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ११ हजार एक सय ५४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५६ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४८ हजार ६१ पुगेको छ ।

अब नेपालमा १८ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय ७१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार