इलाम । प्रदेश १ मा मंगलबार १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । जसमा सबै भन्दा बढी सुनसरीमा ७६ जना थपिएका छन् ।
यस्तै मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ ।
डिस्चार्ज भने ३७ जना भएका छन् । जसमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघ आईसोलेसन ताप्लेजुङबाट ३, होम आईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ ।


269 पटक हेरिएको 






