तीन वर्षमा कृषिको दलाल पुँजीवादको अन्त्य गर्छौः मन्त्री भुसाल

उद्योगीहरुलाई ट्रेडमार्क हस्तान्तरण

  सरलपाटी सम्वाददाता

 491 पटक हेरिएको

इलाम । कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले तीन वर्षमा कृषि क्षेत्रमा देखिएको दलाल पुँजिवाद अन्त्य गर्ने घोषणा गरेका छन् । मंगलबार चिया तथा कफि विकास बोर्डले इलामको सूर्योदय नगरपालिकामा गरेको एक कार्यक्रममा उनले यस्तो भनेका हुन् ।
उद्योगीहरुलाई ट्रेडमार्क हस्तान्तरण

कार्यक्रममा अर्थोडक्स चियाको ट्रेडमार्क उद्योगीहरुलाई हस्तान्तरण गर्दै मन्त्री भूषालले कृषि क्षेत्रमा भइरहेको भ्रष्टचार, अनियमिततालाई अन्त्य गरेर दलाल पुँजीवादको अन्त्य गर्न सकिने बताएका हुन् । उनले सरकारले मलमा मात्रै दश अर्ब अनुदान दिने गरेको त्यसमा तीन अर्ब अनियमितता हुने बताए ।

उनले चियाको ट्रेडमार्क कार्यान्वयनले चियाको बजार विस्तारमा सहयोग पुग्ने बताए । चियाको गुणस्तर कायम भएन भने चियाको माग घट्ने बताए । गुणस्तर सुनिश्चित गर्न सके मात्रै अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सकिने मन्त्री भुसालको भनाई छ । उनले सम्बृद्धि र समाजवादतिर जाने बाटो कृषि भएकाले यसमा ध्यान दिन जरुरी रहेको बताए ।

कृषि मन्त्री भुसालले कृषिको विकासको लागि प्रत्येक वडामा एक जना कृषि र पशुको प्राविधिक पु¥याउनु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार