प्रदेश १ मा थप ७९ जना कोरोना संक्रमित थपिए

जम्मा संक्रमित ५ हजार ५७४ पुग्यो

  सरलपाटी सम्वाददाता

 234 पटक हेरिएको

इलाम । प्रदेश नं. १ मा आइतबार थप ७९ मा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भएको छ । जसमा मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।

प्रदेश १ मा आज ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराह क्षेत्रको रामानान्द आचार्य सेवा पीठ आइसोलेशनबाट १९, होम आइसोलेशनबाट ९, बी. जनरल अस्पताल हरिनगरबाट १ र इनरुवा आइसोलेशनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेका छन् । प्रदेश १ मा आज ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७ महिला र ५२ पुरुष को रिपोर्ट पोजेटिभ आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार