इलाम । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द प्रभावित भएको शिक्षण सिकाइलाई वैकल्पिक विधिको प्रयोग गरेर भए पनि शैक्षिक शत्रलाई खेर फाल्न नहुने सरोकारवालाले निचोड निकालेका छन् ।
अनेरास्वबियुले संविधान दिवसको अवसरमा आयोजना गरेको ‘शिक्षा क्षेत्रमा कोभिड १९ ले पारेको असर र समाधानको उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले वैकल्पिक सिकाइलाई प्राथामिकता दिएका छन् । एन प्याब्सनका दिपराज आङदेम्बेले माथिल्लो कक्षामा अनलाईन शिक्षण प्रभावकारी भएको र तल्लो तहका विद्यार्थीलाई भौतिक रुपमा नै पठन पाठन गराउने उचित हुने बताए । ‘माथिल्लो तहमा अनलाईन पठन पाठन प्रभावकारी भइरहेको छ ।’, उनले भने,‘तल्लो तहका विद्यार्थीलाई प्रत्यक्ष पठन पाठनको तयारीमा छौ ।’
प्याब्सनका अध्यक्ष विकास कर्मचार्यले कोभिडको माहामारीले नीजि विद्यालयहरुको अस्थित्वमानै धरापमा परेको बताए । ‘कोभिडका कारण विद्यालयहरुको आर्थिक अवस्था तहस नहस भएको छ, यस्तो समस्या परेका बेला के गर्ने भन्ने केही तयारी रहेनछ’, कर्मचार्यले भने,‘यत्तिका लामो समय ठूला भनिएका विद्यालयहरुले थेग्न सकेका छैनन्, साना विद्यालयहरुले थेग्न सक्ने कुरै भएन ।’ कर्मचार्यले सरकारी निकायहरुकै कुरा बाझिएकाले आफुँहरु थप समस्यामा परेको बताए । ‘स्थानीय तहले भौतिक रुपमा नै शिक्षण सिकाई गर्न भनेका छन्, प्रशासनले त्यसलाई रोकेको खवर आइरहेको छ’, उनले भने,‘सरकारी नियकाय बीचकै कुरा बाझिएको छ ।’ कर्मचार्यले शैक्षिक शत्रलाई खेर जान नदिनको लागि वैकल्पिक सिकाई नै आवश्यक भएको बताए ।
सामुदायीक विद्यालयका प्रतिनिधि सोम निरौला भने कुनै न कुुनै रुपमा पठन पाठन थाल्नु पर्ने पक्षमा छन् । थोरै विद्यार्थी भएका विद्यालयमा प्रत्यक्ष सिकाई नै ठीक हुने उनको भनाई छ । ‘पढाउँदा कोरोना लाग्ने, नपढाउँदा नलाग्ने होइन, थोरै विद्यार्थी भएका स्कुलमा प्रत्यक्ष रुपमा नै पढाउन सकिन्छ’,उनले भने,‘अनलाईन कक्षा चलाए पनि सातामा एक दिन विद्यालय आउने व्यवस्था मिलाउनु पर्छ ।’ उनले कतिपय विद्यालयहरुले नियमीत पठन पाठन गर्ने र ग्रामीण क्षेत्रका विद्यालयमा पठन पाठन नगर्दा कोही विद्यार्थी अर्को तहमा पुग्दा कसैले त्यही तहमा रहनु पर्ने अवस्था आउने बताए । ‘अहिले त्रिभुवन विश्वविद्यालयको मात्रै परीक्षा रोकिएको छ, अरु विश्वविद्यालयले अनलाइनकै माध्यमबाट भए पनि परीक्षा लिइरहेका छन्’, निरौलाले भने, ‘एउटा विश्वविद्यालयको विद्यार्थीले एक तह पार गरिसक्दा अर्को विश्वविद्यालयको विद्यार्थी त्यही तहमा रहनु पर्ने अवस्था आउनु हुँदैन ।’
सामुदायिक विद्यालयका प्रतिनिधि राजेन्द्र चौहानले पठन पाठन रोकिदा विद्यार्थीहरुमा आत्महत्या, डिप्रेसन बढेको बताए । उनले बैकल्पिक शिक्षणलाई नै जोड दिए । ‘कोभिडका कारण औपचारिक शिक्षा तहस नहस भएको छ, त्यसलै वैकल्पिक शिक्षण नै अहिलेको विकल्प हो’,चौहानले भने,‘ विद्यालय बन्द होला तर शिक्षण सिकाइलाई बन्द गर्नु हुँदैन ।’
सामुदायिक विद्यालयकै प्रतिनिधि प्रकाश खनालले बैकल्पिक शिक्षण भनेर ल्याइएको कतिपय कार्यक्रम झारो टार्ने मेलो मात्रै भएको प्रतिक्रिया दिएका छन् । ‘रेडियो टेलिभिजन शिक्षण खासै उपलब्धी मुलक भएनन्’, उनले भने,‘प्रभावकारी वैकल्पिक शिक्षणमा पालिकाहरुले पनि लगानी गर्नुपर्छ ।
जिल्ला अस्पतालका प्रतिनिधि डा. वैभव मल्लिकले कोरोना भाइरस सन् २०२१÷०२२ सम्म रहनसक्ने अनुमान हुन थालेकाले सुरक्षाका मापदण्ड पुरा गरेर विद्यालय चलाउन सकिने बताए । ‘सास भाइरस सकिन डेढ वर्ष लागेको थियो, त्यसबाट जम्मा आठ नौ सय मानिसहरुको ज्यान गएको थियो, अब कोरोना भाइरस सन् २०२२ सम्म रहन सक्ने अनुमान भइरहेको छ’, डा. मल्लिकले भने, ‘सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्दा हुन्छ, तर विद्यार्थी बिरामी भएको अवस्थामा के गर्ने भनेर पूर्व तयारी हुनु पर्छ, भरसक विरामी विद्यार्थीलाई विद्यालयमा ल्याउनु हुँदैन ।’
अविभावक संघका अध्यक्ष सोम सुसेलीले भने प्रत्यक्ष रुपमा हुने पठन पाठन अहिले सम्भव नभएको बताए । ‘विद्यालयको गेट भित्रको मात्रै विद्यालयले जिम्मा लिएर भने बाटोमा केही भयो भने त्यसको जिम्मा अहिले कसले लिन्छ’,उनको प्रश्न छ,‘प्रहरीलाई भीडभाड हुँन नदिने भन्ने आदेश हुन्छ, सडकमा विद्यार्थीले प्रहरीको कुटाइ खानु पर्ने अवस्था हुुनसक्छ ।’ कोरोना माहामारीका जोखिमका बिच धेरै अविभावक छोराछोरीलाई विद्यालय पठाउन तयार नभएको उनको भनाई छ ।
अनेरास्वबीयुका केन्द्रीय सदस्य रविन्द्र सुवेदी भने कोरोनाले शैक्षिक क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको भए पनि यसको पुर्नसंरचनाको बहस थालनी भएको बताउँछन् । उनले विभिन्न विकल्पको प्रयोग गरेर भए पनि प्रत्यक्ष पठन पाठनमा जोड दिए । ‘क्लष्टर छुट्याएर या कन्ट्रयाक सेसन गरेर भए पनि प्रत्यक्ष पठन पाठन आवश्यक हुन्छ’, उनले भने,‘प्रविधि मार्फत पठन पाठन गराउनको लागि शिक्षकलाई पनि प्रविधि मैत्री बनाउनु आवश्यक छ ।’
जे.वि.लुङ्गेलीले भने विद्यार्थीलाई सधै सक्रिय राख्नको लागि जोरविजोर विधी अपनाएर भए पनि विद्यालय सञ्चालन गर्न सकिनेमा जोड दिए । उनले भने, ‘प्रकोप कम भएको क्षेत्रमा यो विधि अपनाएर विद्यालय सञ्चालन गर्न सम्भव छ ।’
कार्यक्रम अनेरास्ववियु इलामका अध्यक्ष प्रवेश पराजुलीको अध्यक्षता तथा जिल्ला सम्वनय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।