इलाम । नेपाल बार एशोसिएशन उच्च अदालत बार एशोसियशन इलामको अध्यक्षमा बीरबहादुर खड्का चयन भएका छन् ।
शुक्रबार सम्पन्न बार एशोसिएशनको तेह्रौ साधारणसभाले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा तारानिधि घिमिरे, सचिवमा जीवन कोइराला, कोषाध्यक्षमा मणिराम निरौला चयन भएका छन् । समितिको सदस्यहरुमा जसबहादुर लुङ्गेली, खगराज कट्टेल, सुधिर बोहोरा, उत्तम पौडेल, हरि सुवेदी र विद्या सापकोटा चयन भएका छन् ।
साधारणसभाले किरण सुनुवार, याम लिम्बु र भीम प्रसाद रिजाललाई पार्सद चयन गरेको छ । बार एशोसिएसनका अध्यक्ष अशोक क्षेत्रको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा निर्वाचित पदाधिकारी र पार्सदलाई निर्वाचन समितिका अध्यक्ष तथा बरिष्ठ अधिवत्ता धर्म उप्रेतीले सफथ ग्रहण गराएका थिए ।