इलाम । प्रदेश १ मा बिहीबार १ सय ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
जसमा मोरङ्गमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, प्रदेश १ मा कोरोना संक्रमितको संख्या हालसम्ममा ५ हजार २ सय ७१ पुगेको छ ।
संक्रमित भई उपचार गराईरहेका मध्ये ४३ जना भने डिस्चार्ज भएर घर फर्केका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या दुई हजार दुई सय ३९ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार १५७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये ५० महिला र १२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।