प्रदेश १ मा १३८ संक्रमित थपिए

६४ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 242 पटक हेरिएको

इलाम । प्रदेश १ मा मंगलबार १ सय ३८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । जसमा सबै भन्दा बढी मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, थप भएका संक्रमितसँगै संक्रमितको जम्मा संख्या ४ हजार ९६७ पुगेको छ । उपचारपछि घर फर्कनेको संख्या भने ६४ जना डिस्चार्ज भइ घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि. जेनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म २ हजार १४२ जना डिस्चार्ज भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा प्रदेश १ मा १ लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार