नेपालमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या ५५ हजार ३२९ पुग्यो

  सरलपाटी सम्वाददाता

 269 पटक हेरिएको

काठमाडौं । नेपालमा आज थप ११७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५५ हजार ३२९ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार