नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या ५१ हजार ९१९ पुग्यो

  सरलपाटी सम्वाददाता

 218 पटक हेरिएको

काठमाडौं । नेपालमा आज थप १४५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५१ हजार ९१९ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार