नेपालमा १०८१ जना कोरोनाका सङ्क्रमित थपिए

९१८ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 202 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ पुगेको छ । गएको २४ घण्टामा एक हजार ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा नौ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ ।

अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार