आमालाई करणी गरेर भागेका युुवा पक्राउ

जवरजस्ती करणी

  सरलपाटी सम्वाददाता

 795 पटक हेरिएको

इलाम । आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएको भदौ सात गते ६३ वर्षकी आमालाई जवरजस्ती करणी गरे भागेका देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षका युवालाई इलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो । उनलाई गए राती प्रहरी निरीक्षक नविन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ परेका अभियुक्त बिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार